२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सरकारले जब्बर्जस्ती रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको कांग्रेसको आरोप



काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले जब्बर्जस्ती रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएको छ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्र्न बाध्य हुने चेतावनी पनि दिनु भयो । आईतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन हुने गरी नआएको दावी पनि गर्नु भयो । नेता थापाले विधेयकलाई पारित गराउने सरकारको रवैया रहेकोे उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पार्नु भयो ।

बाइट…गगन थापा, नेता, नेपाली काँग्रेस

काँग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरु विश्वास गर्ने पक्षमा नरहेको पनि बताउनु भयो । उहाँले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण पनि गराउनु भयो ।

प्रकाशित मिति : ३१ असार २०७५ आइतबार ००:००  ९ : ४८ बजे