२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

जसपा संसदीय दलको निर्वाचन आज, राई र यादबको दाबी



काठमाडौं

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुँदैछ।

जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार आज हुने संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो।

जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ।

जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आएका छन्।

बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ।

संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ः३० देखि ३ः३० सम्म मतदान गर्ने कार्यक्रम रहेको छ। यद्यपि नेता राईको नाममा सहमति हुने सम्भावना बढी छ।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  ८ : ४४ बजे