२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

विवेकशील साझा पार्टीमा थपिए १२ केन्द्रीय सदस्य



काठमाडौं ।
विवकेशील साझा पार्टीमा १२ जना केन्द्रीय सदस्य थपिएका छन् । शनिबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु थप गरेको हो ।

थपिएका केन्द्रीय सदस्यहरुमा युवा संगठन संयोजक सरोज गौतम, रवीन्द्र मिश्रले मार्ग परिवर्तन दस्तावेज ल्याएपछि मिलन पाण्डे समूहतिर लागेका नेता हरिश भट्टसहित नवराज थापा, रुस्तम अन्सारी, सूर्यदीप रेग्मी ‘दिपक’, चक्र न्यौपाने, निर्जला कक्षपती, धनेज थापा, मिलन परियार, निरन्जन चापागाईं, शिशिर बन्जारा र चन्द्र श्रेष्ठ छन् ।

विवेकशील साझा पार्टीमा २८ माघमा भएको अधिवेशनबाट समीक्षा बाँस्कोटा अध्यक्ष चुनिएकी थिइन् । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।

बैठकले प्रदेशको अधिवेशनहरु प्राथमिकताको अग्रभागमा राखेर काम गर्ने र महाधिवेशनको सन्देश लिएर देशव्यापी यात्रा सुरु गर्ने निर्णय पनि गरेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ५६ बजे