२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तुमा ४ लाख बढी मूल्यका अवैध ब्रोइलर कुखुरा नष्ट



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको शिवराज नगरपालिका– ४ बसन्तपुर चोक नजिकै भारतबाट अवैधरुपमा भित्राइएका ४ लाख बढी मूल्यका ब्रोइलर कुखुरा बरामद गरिएको छ ।

प्रहरीको गस्ती टोलीले १६ सय ८० केजी कुखुरा बाटोमा राखिएको अवस्थामा फेला पारेको हो । प्रहरी गस्ती टोली र ह्याचरी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोबिन्द खड्का, दाना व्यवसायिक संघ लुम्बिनी प्रदेशका सचिव राज कुमार पराजुली सहितको संयुक्त टोलीले अनुगमन गर्दा बेवारिसे अवस्थामा सो कुखुरा फेला परेको प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताइन् ।

५ सय ६० वटा अन्दाजी ४ लाख २० मूल्य बराबरको कुखुरा स्थानीय जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको रोहबरमा खाडल खनी नष्ट गरिएको छ ।

केही महिना यता नेपाल तर्फ मूल्य बढे पछि तस्करहरुले कुखुरा लगायतको तस्करी भइरहेको कुखुरा व्यवसायीहरु बताउँछन् । भारतीय कुखुरा तस्करी हुँदा आफूहरु मारमा परेको व्यवसायीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९ शुक्रबार ००:००  ६ : १० बजे