७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

ल्याहारक्याल लामाले भने- तिलौराकोटलाई सुन्दरीकरण गर्छौं



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा। ल्याहारक्याल लामा (खेन्पो छिमे) ले तिलौराकोट क्षेत्रलाई सुन्दरीकरण गर्ने बताएका छन्।

विश्व पर्यटन दिवसको अवसरमा तिलौराकोट आएका उनले बुद्धको क्रिडास्थलको सुन्दरीकरणको कार्य अघि बढाइएको बताए। उनले आफनै कार्यकालमा तिलौराकोट विश्व सम्पदा सुचीमा सूचीकृत हुनेमा आफू बिश्वस्त रहेको बताए। ऐतिहासिक महत्व बोकेको तिलौराकोटालई हेर्न लायक बनाइने उनको भनाइ छ।

उपाध्यक्ष डा। लामाले विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको पुरातात्विक र पर्यटन प्रवद्र्धनका लागि सरसफाई गरिएको बताए। उनले तिलौराकोट बुद्धले सिद्धार्थ गौतमका रुपमा २९ वर्ष बिताएको पवित्र स्थल रहेकाले यसको विकासलाई आफूले प्राथमिकतामा राखेको बताए।

उपाध्यक्ष लामाले झाडी र बुट्यानले पुरातात्विक अवशेषलाई समेत असर पार्न सक्ने र सुन्दर समेत नभएकाले नेपाली सेनाले आफूहरुको अनुरोध स्वीकार गरेर सफाई गरेकोमा धन्यवाद दिए।

प्रकाशित मिति : ११ आश्विन २०८० बिहिबार ००:००  ८ : १३ बजे