६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

शिवराजमा टोल टोलमा नविकरण दर्ता शिविर सञ्चालन



चन्द्रौटा।

शिवराज नगरपालिका वडा न. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले श्रावण र भद्रौ महिना भित्र टोल टोलमा पुगेर भत्ता नविकरण गर्ने बताउनुभएको छ । वडा अध्यक्ष सापकोटाले वडा भित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहेका लाभग्राहीहरुको सुविधाका लागि टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरणगरिएको बताउनुभयो ।

सोही अनुसार साउन १८ गते शिवराज नगरपालिकाको अति विकट गाँउ मैनार बुलकियामा प्राविधिक टोलिले नविकरण दर्ता शिविरमा १सय १५ जना व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको सचिव रामफल चौधरीले जानकारी दिनुभयो ।
शिविरमा जेष्ठ नागरिक ६८ वर्ष भन्दा माथि, एकल महिला, दलित, विधवा, पूर्ण अपाङ्ग, अति अशक्त, लोपउन्मुख, भत्ता क्षेत्र तोकिएको ५ वर्ष मुनिका बालबालिका र दलित बालबालिका भत्ता संगै सम्पति कर, राष्ट्रिय परिचयपत्र नम्बर सहितको सेवा उपलब्ध गराइएको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।

वडा न ३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल व्यक्तिको संख्या १२ सय ६१ रहेको छ । जेष्ठ नागरिक ६८ वर्ष भन्दा माथी ३१३ जना, जेष्ठ नागरिक दलित ३१ जना, जेष्ठ नागरिक एकल महिला ३६ जना, विधवा ११६ जना, पुर्ण अपाङ्गता भएका व्यक्ति १६ जना,अति अशक्त भएका अपाङ्गता भएका व्यक्ति २८ जना, क्षेत्र तोकिएको बालबालिका ६५३ जना र दलित बालबालिका ६८ जना रहेका छन् । हाल सम्म वडा न ३ मा ४ सय २६ जना लाभग्राहीको नविकरण सुचिमा दर्ता भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८१ शनिबार ००:००  १० : २७ बजे