१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बैरिया दुर्गा मन्दिरमा श्री गणेश पुराण कथा प्रवचनको तयारी पूरा, कलश यात्रा विहानै गरिने



वाणगंगा ।
श्री दुर्गा भगवती मन्दिरमा श्री गणेश पुराण कथा प्रवचन तथा धार्मिक अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ। भोली शनिबार विहान ७ बजेबाट कलश शोभा यात्रासहित यज्ञ शुभारम्भ गरिने भएको छ।

श्री दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको आयोजना तथा बैरिया युवा समाजको सह आयोजनामा फागुन १० गतेदेखि १४ गतेसम्म विविध धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। मन्दिर समितिका अध्यक्ष चुरामणी अधिकारीका अनुसार यस धार्मिक अनुष्ठानमा श्री गणेश पुराण कथा प्रवचन, अखण्ड हरिनाम संकीर्तन, एकादशी महात्म्य कथा प्रवचन तथा महाशिवरात्रि जलार्पण कार्यक्रम समावेश छन्।

धार्मिक कार्यक्रममा फागुन १० गते बिहान ७ बजे कलश यात्रा सहित यज्ञको शुभारम्भ, फागुन ११ गते एकादशी महात्म्य कथा प्रवचन, फागुन १२ र १३ गते बिहान ७ बजेदेखि २४ घण्टा निरन्तर अखण्ड हरिकीर्तन, फागुन १४ गते महाशिवरात्रि पूजा तथा यज्ञ समापन हुने बताइएको छ ।

यस धार्मिक अनुष्ठानमा कथा व्यासका रूपमा प्रख्यात आचार्य विष्णु ज्ञवाली आउनु हुने भएको छ। पाँच दिनसम्म चल्ने संगीतमय श्री गणेश पुराण कथा प्रवचनले भक्तजनहरूलाई धार्मिक ज्ञान तथा आध्यात्मिक लाभ प्रदान गर्ने विश्वास गरिएको छ।

बैरिया युवा समाजका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हाम्रो परम्परा, संस्कृति तथा रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता धार्मिक अनुष्ठानहरूको आयोजना गर्न आवश्यक रहेको बताए। साथै, उनले यस सफल कार्यका लागि दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिलाई निरन्तर सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

आयोजक समितिले शिवरात्रिको पावन अवसर पारेर आयोजना गरिने यस धार्मिक कार्यक्रममा सम्पूर्ण भक्तजन, नगरवासी तथा श्रद्धालुहरूलाई सहभागी भई पुण्य लाभ लिन अनुरोध गरेको छ। भोली विहान ७ बजे कलश शोभा यात्रामा समेत सवैलाइ सहभागी हुन समितिले आग्रह गरेको छ।
यज्ञ सफल बनाउन स्थानीय समाजसेवी, व्यवसायी, महिला समुह, टोल िवकास संस्था, जनप्रतिनिधी, पत्रकारको सहयोग रहेको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१ शुक्रबार ००:००  ८ : ३७ बजे