११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु



काठमाडौं ।

झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ।

झापाको हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२ बिहिबार ००:००  ८ : ०६ बजे