२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्तिको सजाय



काठमाडौँ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा लागेका कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्तिको सजाय सुनाइएको छ।

जिल्ला अदालत कञ्चनपुरले पत्रकार भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिका साथै १० हजार जरिवानासमेत हुने फैसला गरेको हो।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीवारको इजलासले उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले थाहाखबरलाई जानकारी दिए।

तत्कालीन जिल्ला प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरणराज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए।

भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन समाचार प्रकाशित गरेको आरोप लगाइएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०८२ बिहिबार ००:००  ८ : ०१ बजे