२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै



रुपन्देही ।

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् ।

पहिलोमा प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् ।

दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफ समेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

यस्तै मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्था हेरफेर गरिएको सम्बन्धी विवरण सभामा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२ शुक्रबार ००:००  ८ : १७ बजे