२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला



काठमाडौं ।
पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।

अन्सारी यही जेठ ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका(३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए ।

भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८२ शनिबार ००:००  १२ : ०८ बजे