२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



बुटवल ।

लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा “प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता” सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, विभिन्न समितिका प्रतिवेदनहरू पेस गरिनेछ । साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२ बुधबार ००:००  ८ : २१ बजे