७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सानिमा लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट एजेन्सीहरू सम्मानित



बाबुराम रायमाझी, जितपुर ।

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड, जीतपुर शाखाले आर्थिक वर्ष २०८१-०८२ मा उत्कृष्ट प्रदर्शन गर्ने एजेन्सी तथा एजेन्सी म्यानेजरहरूलाई एक विशेष कार्यक्रमबीच सम्मान गरेको छ।

मानव जीवनमा बचत र सुरक्षा दुबैका लागि बिमा अत्यावश्यक भएको उल्लेख गर्दै, सानिमा लाइफले बिमा सचेतना अभिवृद्धि गर्न देशका कुनाकुनासम्म पुग्ने उद्देश्यसहित सक्रिय रूपमा अभियान संचालन गरिरहेको छ। यही सन्दर्भमा, बिमा क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एजेन्सीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका बुटवल क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले सम्मानित एजेन्सीहरूलाई प्रमाणपत्र प्रदान गर्दै आगामी योजना र नयाँ स्किमबारे जानकारी गराएका थिए। उनले बिमा क्षेत्रमा अभिकर्ताहरूको भूमिका, चुनौती र सम्भावनाबारे समेत प्रकाश पारेका थिए।

कार्यक्रममा कुल २५ जना अभिकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण जीतपुर शाखा प्रमुख दीपक कुमार कुँवरले गरेका थिए भने कार्यक्रमबारे जानकारी जीतपुर शाखाका सागर बन्जाडेले दिएका थिए।

कार्यक्रमपछि सहभागी सबै अभिकर्ताहरू उत्साहित भएका थिए र गाउँ–गाउँमा बिमा सचेतना अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति : १४ श्रावण २०८२ बुधबार ००:००  ८ : ३० बजे