१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

टिभिएस एक्सचेन्ज मेनिया शुरूः जुनसुकै बाइक वा स्कुटी एक्सचेन्ज गर्दा ३० हजार पक्का !



कपिलवस्तु
टिभिएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स प्रालि कपिलवस्तुले ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर आजदेखि शुभारम्भ गरेको छ । कपिलवस्तुको वाणगंगा १ बैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स प्रालि (टिभिएस सोरुम) ले साउन २५ गते देखि ३१ गते सम्म ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर संचालन गरेको जनाएको छ । विशेष आकर्षक अफर सहित शुभारम्भ गरेको टिभिएस कम्पनीले कुनै पनि पुरानो मोटरसाईकल वा स्कुटरको एक्सचेन्ज गरी विभिन्न सुविधा सहित नयाँ टिभिएस बाइक वा स्कुटर लिन सकिनेछ ।
यस अफर अन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटी ल्याउँदा न्यूनतम तीसहजारको मूल्यांकन पक्कै पाइनेछ। सवारी साधन चलेको होस् वा नचलेको, ग्राहकले पुरानो सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर लैजान सक्नेछन्।
उक्त ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर अन्तर्गत ८ हजार सम्मको नगद छुट, १८ महिनाको लागि ७.९९ प्रतिशत ब्याजदरको सुविधा, पुरानो मोटरसाईकल तथा स्कुटरमा १० हजार सम्मको थप मूल्य, न्यूनतम मूल्याङ्कन (गुडे पनि नगुडे पनि) रु. ३० हजार, निःशुल्क हेलमेट सहित एसेसरीजको सुविधा लगायतका थुप्रै सुविधाहरु रहेका छन् ।
नयाँ अफरबारे जानकारी दिँदै वाणगंगा अटो ट्रेडर्सका सञ्चालक मोहन न्यौपानेले भने, “हाम्रा ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिँदै छौं। गुडे पनि नगुडे पनि जुनसुकै बाइक वा स्कुटी ल्याउनुहोस् अनि ३० हजारको भ्यालुयसन लिएर जानुहोस्।” कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही जिल्लाका ग्राहकहरूलाई लक्षित गर्दै यो कार्यक्रम टिभिएस सोरुमले विशेष आकर्षक सहित बजारमा ल्याइएको हो। “हामीले यसअघि विभिन्न समयमा बजारमा पाएको साथ र टिभिएस प्रती ग्राहकको बढ्दो विश्वासलाई मध्यनजर गर्दै कपिलवस्तु लगाएत छिमेकी जिल्लामा यो कार्यक्रमलाई विस्तार गरेका हौं,” यो अफर अन्तर्गत मौकाको फाईदा उठाउन सञ्चालक न्यौपानेले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२ आइतबार ००:००  ६ : ०९ बजे