१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

टिभिएस एक्सचेन्ज मेनिया अफर : थप ४ दिन



बाणगंगा।
टिभिएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स प्रालि कपिलवस्तुले ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफरको समय सिमा थप गरेको छ । कपिलवस्तुको वाणगंगा १ बैरिया स्थित बाणगंगा अटो ट्रेडर्स प्रालि (टिभिएस सोरुम) ले साउन २५ गते देखि ३१ गते सम्म ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर संचालन गरेको थियो। यो अफर भाद्र ४ गते सम्म रहने कम्पनीले जनाएको छ । वाणगंगा अटो ट्रेडर्स प्रालि बैरियाले टिभिएस एक्सचेन्ज मेनिया अफर अन्रतगत सोरुमबाट ५० वटा मोटरसाइकल स्कुटर विक्री गर्न सफल भएको छ । यहि सफलतासंगै मेनिया अफरका सवै स्कीमहरु भाद्र ४ गते सम्म यथावत रहने संचालक मोहन न्यौपानले जानकारी दिएका छन् ।
विशेष आकर्षक अफर सहित शुभारम्भ गरेको टिभिएस कम्पनीले कुनै पनि पुरानो मोटरसाईकल वा स्कुटरको एक्सचेन्ज गरी विभिन्न सुविधा सहित नयाँ टिभिएस बाइक वा स्कुटर लिन सकिनेछ । यस अफर अन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटी ल्याउँदा न्यूनतम ३० हजार रुपैयाको मूल्यांकन पक्कै पाइनेछ। सवारी साधन चलेको होस् वा नचलेको, ग्राहकले पुरानो सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर लैजान सक्नेछन्।
उक्त ‘टिभिएस एक्सचेन्ज मेनिया’ अफर अन्तर्गत ८ हजार सम्मको नगद छुट, १८ महिनाको लागि ७।९९ प्रतिशत ब्याजदरको सुविधा, पुरानो मोटरसाईकल तथा स्कुटरमा १० हजार सम्मको थप मूल्य, न्यूनतम मूल्याङ्कन (गुडे पनि नगुडे पनि) ३० हजार रुपैया, निःशुल्क हेलमेट सहित एसेसरीजको सुविधा लगायतका थुप्रै सुविधाहरु रहेका छन् ।
नयाँ अफरबारे ग्राहकको आकर्षण र रुचि बढेकाले समय सिमा थप गर्दै वाणगंगा अटो ट्रेडर्सका सञ्चालक मोहन न्यौपानेले भने, “हाम्रा ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिदा ग्राहकहरुको मन जितेका छौं । गुडे पनि नगुडे पनि जुनसुकै बाइक वा स्कुटी ल्याउनुहोस् अनि ३० हजारको भ्यालुयसन गरिएको छ।” कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही जिल्लाका ग्राहकहरूलाई लक्षित गर्दै यो किसिमको अफर टिभिएस सोरुमले विशेष आकर्षक सहित बजारमा ल्याएको हो। “हामीले यसअघि विभिन्न समयमा बजारमा पाएको साथ र टिभिएस प्रती ग्राहकको बढ्दो विश्वासलाई मध्यनजर गर्दै कपिलवस्तु लगाएत छिमेकी जिल्लामा यो कार्यक्रमलाई विस्तार गरेका हौं,” यो अफर अन्तर्गत थप भएकाे समयमा मौकाको फाईदा उठाउन सञ्चालक न्यौपानेले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ भदौ २०८२ सोमबार ००:००  ८ : २४ बजे