१७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

कपिलवस्तुमा लागु औषधसहित एकजना पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तुमा लागु औषधसहित एकजना पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिका ३ झण्डेनगरबाट प्रहरीले ५० ग्राम ८सय ५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने गिलो पद्धार्थसहित भारतीय नागरिक २० वर्षिय मोहम्मद कैफलाई पक्राउ गरेको हो । कैफलाई नियन्त्रणमा लिई जिल्ला अदालत कपिलवस्तुबाट ८ दिन म्याद थप भई अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।

प्रकाशित मिति : ९ भदौ २०८२ सोमबार ००:००  ८ : ०३ बजे