१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुबाट वैदेशिक रोजगारीमा गएका ५१ जनाको मृत्यु



कपिलवस्तु ।

स्वेदशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर वैदेशिक रोजारीमा जानेको संख्या बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परी वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ।

रोजगारीमा जानेका संख्या बढेसँगै जोखिमसमेत बढेको छ । जोखिम बढे पनि बैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छैन । भने अनुसारको काम नपाएको, मृत्युको संख्या र अंगभंगको संख्यासमेत बढदै गएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीमा गएका ५१ जनाको मृत्यु भएको सामी परियोजना कपिलवस्तुका संयोजक सुभाष रेग्मीले बताए । यस्तै ०७६ देखि २०८२ असारसम्म कपिलवस्तुका १ सय ७९ जनाको मृत्यु भएको छ । पछिल्लो तीन वर्ष यता वैदेशिक राजगारीमा गएका मध्ये हरेक वर्ष ४० देखि ५० जनाको मृत्यु भएको छ । ५१ जनाम मृत्यु भएका परिवारलाई २ करोड १२ लाख क्षतिपुर्ति उपलब्ध गराइएको थियो ।

यस्तै २०७६ देखि हालसम्म विदेशमा मृत्यु भएका परिवारलाई ८ करोड ४६ लाख ५० हजार क्षतिपुर्ति उपलब्ध गराइएको छ । यस्तै गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये २३ जना अंगभंग भएको र तिनीहरुलाई ३२ लाख ६३ हजार राहत उपलब्ध गराइएको थियो ।

यस्तै २०७६ देखि २०८२ असार सम्म अंगभंग भएका ५० जनाालाई १ करोड २८ लाख ३ हजार राहत उपलब्ध गराइएको छ । गत वर्ष कपिलवस्तुबाट १७ हजार ५ सय ११ जनाले श्रम स्वीकृति लिएका थिए ।

नेपालबाट भने ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए । गैरकानुनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेको तथ्यांक भने फरक पर्न सक्ने रेग्मीले बताए । कपिलवस्तुबाट आर्थिक वर्ष २०८०र०८१ मा १४ हजार ७ सय २२ जनाले श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०८१र०८२ मा २ सय ३७ ठगी सम्बन्धी उजुरी परेको र १ सय ६७ वटा समाधान भई ५ करोड ७८ लाख ४८ लाख ८८२ रकम असुली भएको छ कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले स्वेदशमा रोजगरीको अभाव र आर्थिकस्थितिका कारण वैदेशिक रोजगारीमा अहिले युवाहरुको आकर्षण बढेको छ ।

एजेन्टको भरमा परेर विदेशमा जाँदा समस्या र जोखिमसमेत उत्तिकै बढेको उनले बताए । वैदेशिक रोजगारीमा जानु आकर्षण र बाध्यता भए पनि सुरक्षित रुपमा जानु पर्ने उनले बताए ।

प्रकाशित मिति : १० भदौ २०८२ मंगलबार ००:००  ७ : ५३ बजे