कपिलवस्तु ।
कपिलवस्तु्को तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी संस्थाको १७ औ बार्षिक साधारण सभा तौलिहवा स्थित होटम पाममा संपन्न गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले सहकारीले बिपन्न परिवारलाई बचत गर्ने बानीको विकास गराएको बताए । उनले सहकारीले आफना सदस्यहरुलाई हर्जोगर्जो टार्न ऋण समेत दिने गरेकोले उनीहरुलाई सजिलो हुने गरेको बताए । सहकारीले आयआर्जनकालागि तालिम र सिपको विकासमा समेत सदस्यहरुलाई प्रोत्साहीत गर्नु पर्ने बताए । अहिले सहकारीले पारदर्शी र होशियारीकासाथ अघि बढाउनु पर्ने बताए । सो अवसरमा संस्थाका उपाध्यक्ष बिश्वराज पाण्डेयले संस्थाको गत आर्थिक बर्ष २०८१/०८२ को प्रगति प्रतिबेदन र कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिबेदन पेश गरेका थिए । संस्थाले गत आर्थिक बर्ष १३ लाख २० हजार नापाm गरेको देखाइएको छ । संस्थाका अध्यक्ष मधुसुदन श्रेष्ठको अध्यक्षता, बिश्वराज पाण्डेयको संचालनमा भएको कार्यक्रममा डाक्टर सुनील कुमार श्रीवास्तव, गणेश सिंह श्रेष्ठ, कमला श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
१४ भदौ २०८२ शनिबार ००:००
34
Shares







प्रतिक्रिया