८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कुखुरापालन सङ्गोष्ठी कात्तिक ११ देखि



चितवन ।

अन्तर्रा्ष्ट्रिय कुखुरापालन सङ्गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक ११ देखि १३ गतेसम्म कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा सो सङ्गोष्ठी हुँदैछ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सो कार्यक्रम हुन लागेको हो ।

सम्मेलनमा १० देशका तीन सय वैज्ञानिक सहभागी हुनेछन् । मूल आयोजक समितिका अध्यक्ष एवं कृषि विश्वविद्यालयका डिन प्राध्यापक डा शारदा थपलियाका अनुसार गोष्ठीमा कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालन जस्ता विधामा ११५ वटा वैज्ञानिक र अनुसन्धानमूलक कार्यपत्र पेश हुनेछन् । कार्यपत्र समावेश गरी पुस्तक प्रकाशित गरिएको थपलियाले बताउनुभयो ।

सो अवसरमा नेपाल, भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, अमेरिका, भूटान, इजिप्ट र कम्बोडियाका वैज्ञानिक सहभागी हुनेछन् । (रासस)

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ४ : २५ बजे