वाणगंगा।
होटल तथा पर्यटन व्यवसायी सङ्घ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थालाई राजनीतिक प्रभावबाट अलग राख्नुपर्नेमा जोड दिनुभएको छ।
नगर प्रमुख अर्यालले संस्थाको मूल उद्देश्यअनुसारका गतिविधि संचालन गर्दै होटल व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाई पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन आग्रह गर्नुभयो। उहाँले स्थानीय तह, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा पर्यटनसँग सम्बन्धित निकायबीच सहकार्यका माध्यमबाट कपिलवस्तुको पर्यटन विकास सम्भव हुने उल्लेख गर्दै पालिकातर्फबाट आवश्यक सहयोग पुर्याइने आश्वासन दिनुभयो।
उहाँले नयाँ कार्यसमितिको कार्यक्षमताले संघका आगामी नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै पर्यटन क्षेत्रको समग्र उन्नतिका लागि एकताबद्ध भएर अघि बढ्न सबै सरोकारवालालाई आह्वान गर्नुभएको छ।







प्रतिक्रिया