१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा वाणगंगा जिल्लामा प्रथमः देशभर आठौँ स्थानमा



कपिलवस्तु ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाशित आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को अन्तिम नतिजामा बाणगंगा नगरपालिकाले उल्लेख्यीय नतिजा हासिल गरेको छ ।

बाणगंगा नगरपालिका​ले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ८९.७५ अंक प्राप्त गर्दै देशभरका सबै स्थानीय तहमध्ये आठौँ स्थान हासिल गर्न सफल भएको छ । जिल्लास्तरमा भने बाणगंगाले प्रथम स्थान प्राप्त गरी उत्कृष्ट संस्थागत क्षमता प्रदर्शन गरेको छ । यो उपलब्धीका लागि नगरपालिकालाई उच्च सम्मानसहित प्रशंसा-पत्र प्रदान गरिएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक सूचाङ्कहरूमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले देखाएको प्रगति स्थानीय सेवा प्रवाह, सुशासन र संस्थागत क्षमतामा महत्वपूर्ण सुधारको संकेत मानिएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुले उत्कृष्ट उपलब्धी हासिल गरेकाले बाणगंगा नगरपालिकालाई प्रशंसा-पत्रले सम्मान गरेको छ । आइतबार जिल्ला समन्वय समितिकाे आठौ जिल्ला सभा बैठक ताैलिहवामा दुबै पालिकालाई प्रशंसा-पत्रले सम्मान गरेकाे हाे ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यलेले बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उप-प्रमुख रिता कुमारी चाैधरीलाई साे प्रशंसा-पत्र हस्तान्तरण गरेका हुन् ।

आज जिल्ला समन्वय समिति कपिलवस्तुकाे आठौँ जिल्ला सभा बैठक भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ काे लागि निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा सभा अध्यक्ष बाबुराम आचार्यले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । यस्तै जिल्ला समन्वय समिति अधिकारी जनार्दन अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जिल्ला सभा बैठकमा कपिलवस्तुका पालिकाहरुकाे प्रमुुख तथा सभा सदस्यहरुकाे उपस्थिति थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८२ आइतबार ००:००  ६ : २४ बजे