१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

नवनिर्वाचित विद्यालय समितिलाई बैरिया युवा समाजको शुभकामना तथा सहयाेगकाे प्रतिबद्धता



बाणगंगा ।
बैरिया युवा समाज वाणगंगा, कपिलवस्तुले बाल माध्यमिक विद्यालयको नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा समाजले समितिका पदाधिकारीलाई स्वागत गर्दै विद्यालयको शैक्षिक सुधार तथा समग्र विकासका लागि सक्रिय भएर काम गर्न आग्रह गरेको थियो।

शुभकामना आदान–प्रदानपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समाजका अध्यक्ष विष्णु प्रसाद घिमिरेले विद्यालयको शैक्षिक प्रगतिमा युवाहरूले खेल्न सक्ने भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सहयोग र साथका लागि समाज सधैँ तयार रहने बताउनुभयो। समाजका सदस्यहरू शुरेस खत्री, राजु पन्त, ज्ञानु पाैडेल लगायतले स्थानीय युवाको सुझाव र सल्लाह अनुसार अघि बढे विद्यालयले थप शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम घिमिरेले युवाहरूको साथ, सहयोग र मार्गदर्शन विद्यालयका लागि सधैँ आवश्यक पर्ने उल्लेख गर्दै आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सदस्य–सचिव तथा विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेलले समुदायको सहयोग र सुझावले विद्यालयलाई अझ सक्षम र परिणाममुखी बन्न मद्दत गर्ने बताउँदै विद्यालय हकहितका काममा आफूहरू निरन्तर अग्रसर रहने धारणा राख्नुभयो।

कार्यक्रम बैरिया युवा समाजका अध्यक्ष विष्णु प्रसाद घिमिरेको अध्यक्षता र समाजका सचिव सुरेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८२ शनिबार ००:००  ७ : ५७ बजे