१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

कपिलवस्तु ब्यापार मेलाः दोस्रो दिन १० हजार दर्शकद्धारा मेलाको अवलोकन



कपिलवस्तु ।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ६ गते शनिवार १० हजार भन्दा बढि दर्शकले अबलोकन गरेका छन् । उक्त दिन
गायक श्याम राना, गायिका अस्मिता डल्लाकोटी, गायिका सम्झना राणापाल तथा चर्चित हास्यकलाकार विष्णु जि पाण्डे (माईलाबा)को प्रस्तुतीले दर्शकलाई मनोरन्जनप्रदान गराएका थिए । आइतबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक पुस्कल शर्मा, भोजपुरी मोडल प्रिती पाशवान रहेका छन् । गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।
मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२ शनिबार ००:००  ८ : ४९ बजे