बाणगंगा। कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी युवाको हातमा सुनौलो विहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा स्थित बुद्ध रंगशालामा बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा सुरु भएको १६औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीले दर्शकहरूको मन जित्न सफल भएको छ ।
बुद्ध रंगशालाको साँझपरेपछि दर्शकहरूको उल्लेख्य सहभागीता हुने गरेको छ । यसैगरी आज २६ गते शुक्रबार महोत्सवमा चर्चित राष्ट्रिय गायक प्रकाश सपुत, राष्ट्रिय गायिका सिमरन परियार, राष्ट्रिय लोकदोहोरी गायिका रितु शाही, १४ औं कपिलवस्तु डान्स आइडल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष राज कुमार खाँणले जानकारी दिए ।
हिजो विहिबार चर्चित राष्ट्रिय गायक टंक तिमिल्सिना, राष्ट्रिय थारु गायिका सोनु कुस्मी, राष्ट्रिय लोकदोहोरी गायक विष्णु सिंजालीले लोकप्रिय गीतहरू गाउँदा दर्शकहरू झुमेसँगै बुद्धरंगशाला चिसो मौसममा थप रौनक थपिएको निर्देशक बुद्धिबहादुर क्षेत्रीले जानकारी दिए ।
यसैबीच, १४ औं कपिलवस्तु डान्स आइडलको रोमाञ्चकताको उत्कर्षमा पुगेको छ। आज विहीबार भएको डान्स आइडलको बेजोड प्रस्तुतिपछि प्रतियोगी नं। ३ की कविता खत्री आइडलको यात्राबाट बाहिरिएकी छिन्। दर्शकले दिएको ५० प्रतिशत भोट र निर्णायक मण्डलले दिएको ५० प्रतिशत अंकको कडा प्रतिस्पर्धात्मक समीकरणमा उनी पछि परेकी हुन् ।
प्रमुख निर्णायक हरिशरण रिजालले बिहीबार ९ जना प्रतिष्पर्धीले आ–आफ्नो बेजोड कला प्रस्तुत गरेको बताए । प्रतिष्पर्धामा खत्री बाहिरिएपछि अब आइडलको ताजका लागि जम्मा ८ जना टप प्रतियोगीहरूबीच कडा प्रतिष्पर्धा हुनेछ । आगामी दिनहरुमा क्रमश प्रतियोगीहरु बाहिरिँदै जानेछन् ।डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेज चढ्न सफल भएका थिए ।
शुक्रबार पनि प्रतियोगी नं १ ओजस्वी क्षेत्री, प्रतियोगी नं २ सचिन परियार, प्रतियोगी नं ६ रंजिता क्षेत्री, प्रतियोगी नं ७ गिताञ्जली मगर, प्रतियोगी नं ९ समृद्धि पन्त, प्रतियोगी नं १० अपराजिता घिमिरे, प्रतियोगी नं ११ अर्पिता पोख्रेल, प्रतियोगी नम्बर १३ खुसी थारुबीच कडा रोमाञ्चक प्रतिष्पर्धा हुने १४ औं कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले जानकारी दिए ।
१४ औँ कपिलवस्तु डान्स आईडियलको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगद र चाँदीको टोपी, द्धितीय हुनेलाई ८१ हजार १ सय ८१, तृतीय हुनेलाई ६१ हजार १ सय ६१ र सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ मेडल, प्रमाण पत्र र आकर्षक गिफ्ट प्रदान गरिने छ भने ४ जनालाई राष्ट्रिय स्तरको म्युजिक भिडियोमा खेल्ने अवसर पनि प्रदान गरिने छ ।
आइडलमा हरेक प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्नैपर्ने दबाब छ। अब बाँकी रहेका १० प्रतिष्पर्धीहरूमध्ये कसले यो १४ औं संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरेला भन्ने नतिजा पुष १ गते घोषणा नहुँदासम्म दर्शकमा जिज्ञासा र उत्सुकता छाउने छ ।







प्रतिक्रिया