काठमाडौँ ।
नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच वार्ता जारी छ। संस्थापन पक्षले विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीसँग बालुवाटारमा वार्ता गरिरहेको हो।
वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्।
दुई पक्षबीच वार्ता शुरु भएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।







प्रतिक्रिया