वाणगंगा ।
कपिलवस्तुको मनकामना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा वन संरक्षण तथा वन व्यवस्थापन सम्बन्धी एक दिने तालिम वाणगंगा २ नन्दनगर स्थित कार्यालयमै सम्पन्न भएको छ। तालिम उपभोक्ता सदस्य तथा कार्यसमिति सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो।
तालिमको सहजीकरण सब–डिभिजन वन कार्यालय पिपराका वरिष्ठ वन अधिकृत बाबुराम पोखरेल तथा वन रेन्जर सनिस न्यौपानेले गर्नुभएको थियो। तालिमका क्रममा वन व्यवस्थापनमा असर पार्ने गतिविधिहरू, वन संरक्षणका उपाय, दिगो व्यवस्थापन, अवैध कटानी नियन्त्रण, चोरी निकासी, वन डढेलो तथा चरिचरण नियन्त्रण, झाडी सफाई, जैविक विविधता संरक्षणका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।
तालिममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेल, सामुदायिक वनका निवर्तमान अध्यक्ष अमित पौडेल, वर्तमान अध्यक्ष मुक्तबहादुर कार्की लगायत वक्ताहरूले वन संरक्षण र सम्बर्धनमार्फत दिगो वन व्यवस्थापन सम्भव हुने बताए। उनीहरूले वनको उचित व्यवस्थापनबाट आयआर्जन, रोजगारी सिर्जना, उद्यम सञ्चालन तथा स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्न सकिने धारणा राखे।
कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा राख्दै तालिमले वन संरक्षणप्रति चेतना बढाएको र सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तालिम उद्घाटनको संचालन सचिव गंगा कुमारी भटराई तथा स्वागत उपाध्यक्ष पुस्कर घिमिरेले गरेका थिए ।








प्रतिक्रिया