२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

कपिलवस्तुका डिएसपी रिपेन्द्रकुमार सिंह सम्मानित



वाणगंगा ।

कपिलवस्तु जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा उल्लेखनीय भूमिका निर्वाह गरेबापत प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंह सम्मानित हुनु भएकाे छ ।

कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन समारोहका अवसरमा आयोजित एक भव्य कार्यक्रममा आइजिपी कार्कीले डिएसपी सिंहलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत रहँदै प्रहरी संगठनले दिएको जिम्मेवारीलाई पूर्ण निष्ठा, लगनशीलता र प्रभावकारी रूपमा निर्वाह गर्दै शान्तिसुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा रोकथाममा उल्लेखनीय योगदान पुर्‍याएको उच्च मूल्यांकन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले उहाँलाई प्रशंसापत्र प्रदान गर्नुभएकाे हाे ।

सम्मान कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले जिल्लामा आमनागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा डिएसपी सिंहले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कर्मशील प्रहरी कर्मचारीको योगदानले प्रहरी संगठनको गरिमा थप उचाइमा पुग्ने बताउनुभयाे ।

डिएसपी सिंहको सक्रियता, कार्यक्षमता, समन्वय, जनमैत्री सकारात्मक व्यवहारले कपिलवस्तु जिल्लामा प्रहरी–नागरिक सम्बन्ध सुदृढ हुँदै गएको स्थानीयवासीहरूको भनाइ छ।

प्रकाशित मिति : २३ माघ २०८२ शुक्रबार ००:००  ७ : २७ बजे