२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

आचारसंहिता विपरीत डिजेको प्रयोग नगर्न प्रशासनको अपील



कपिलवतस्तु । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले डिजेको प्रयोग गरी प्रचारप्रसार गरेपछि प्रशासन कार्यालयले डिजे प्रयोग नगर्न अपील गरेको छ।

उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत डिजे प्रयोग गरेको गुनासोहरू आएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भविश्वर घिमिरेले सूचना जारी गर्दै प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहीत रूपमा सम्पन्न गराउनु साझा दायित्व भएको बताउनुभयो ।

उम्मेदवारहरूले सवारी साधनमा डिजेको प्रयोग गरेको व्यापक जनगुनासा आएको उहाले बताउनुभयो। उनले आचारसंहिता विपरीतको काम नगर्न अपील गर्नुभयो।

प्रकाशित मिति : ९ फाल्गुन २०८२ शनिबार ००:००  ४ : ३२ बजे