३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

तौलिहवाबाट स्रोत नखुलेको भारतीय रकम बरामद



तौलिहवा, कपिलबस्तु । कपिलबस्तुको तौलिहवा स्थित कालिकाटोलबाट स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार स्रोत नखुलेको १४ लाख भारतीय रकमसहित मोटरसाइकलको डिक्कीमा राखेको अवस्थामा सो रकम बरामद गरेको बताउनुभयो । सो घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२ सोमबार ००:००  ८ : २७ बजे