कपिलबस्तु ।
लोक कल्याणकारी विज्ञापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित कपिलबस्तुका विद्युतीय सञ्चारमाध्यमहरुको अनुगमन गरिएको छ । लोक कल्याणकारी विज्ञापन प्रशारण सम्बन्धी कार्यविधि २०८२ बमोजिम गठित जिल्लास्तरीय सिफारिस तथा अनुगमन समितिले जिल््लाका रेडियो तथा टेलिभिजनहरुको स्थलगत अनुगमन गर्दै विज्ञापन प्रशारणको अवस्था, सामग्री र कार्यान्वयनको प्रभावकारिताबारे जानकारी लिएको हो ।
अनुगमनका क्रममा सञ्चारमाध्यमहरुले लोक कल्याणकारी विज्ञापनलाई प्राथमिकताका साथ प्रशारण गरेको पाइएको समितिले जनाएको छ । समितिका पदाधिकारीहरुले सञ्चारमाध्यमहरुले सरकारी नीति, जनचेतनामूलक सन्देश तथा सार्वजनिक हितका सूचनालाई प्रभावकारी रुपमा जनतामाझ र्पुयाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
समितिका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालय कपिलबस्तुका निमित्त प्रमुख शिवलाल बन्जाडेले लोक कल्याणकारी विज्ञापन जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले सञ्चारमाध्यमहरुले जिम्मेवार ढंगले विज्ञापन प्रशारण गरिरहेको पाइएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय र जनमुखी सामग्रीलाई प्राथमिकता दिन आग्रह गरे ।
“लोक कल्याणकारी विज्ञापन केवल सूचना प्रवाहको विषय मात्रै होइन, यो नागरिकलाई सचेत र जिम्मेवार बनाउने अभियान पनि हो,” बन्जाडेले भने, “सञ्चारमाध्यमहरुले राज्यका महत्वपूर्ण सन्देश गाउँ–गाउँसम्म र्पुयाउन उल्लेखनीय भूमिका खेलेका बताएका छन ।”
कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत इन्द्रमणि पौडेलले सरकारी विज्ञापनको प्रभावकारिता मापन गर्न अनुगमन आवश्यक रहेको बताए । उनले कार्यविधिअनुसार विज्ञापन प्रशारण भएरनभएको, समय व्यवस्थापन र सामग्रीको उपयोगितालाई समितिले विशेष रुपमा हेरिरहेको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले स्थानीय सञ्चारमाध्यमहरुले सीमित स्रोत–साधनका बाबजुद जनहितका सामग्रीलाई प्राथमिकताका साथ प्रशारण गरिरहेको बताए । उनले लोक कल्याणकारी विज्ञापनले आम नागरिकमा सचेतना फैलाउन सहयोग पुगेको उल्लेख गर्दै राज्यले स्थानीय सञ्चारमाध्यमलाई थप प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
अनुगमन टोलीमा जिल््ला प्रशासन कार्यालय कपिलबस्तुकी सीता बन्जाडे, जिल््ला हुलाक कार्यालयका शिव खनाल, गुडु कोरी, चन्द्रपाल कुर्मी लगायतको सहभागिता रहेको थियो । समितिले जिल््लाका विभिन्न रेडियो तथा टेलिभिजनमा पुगेर विज्ञापन प्रशारणको अवस्थाबारे अवलोकन गरेको जनाएको छ ।







प्रतिक्रिया