चन्द्रैटा, कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ११, नयाँबस्तीमा एक कार्यक्रमका विच अनुदान सहयोगको लागि चेक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष निसम अहमद खानले यस्तो सहयोगले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले महिलाहरूले प्राप्त रकमको सदुपयोग गरी आफ्नो जीवनस्तर उकास्न तथा समुदायमा अनुकरणीय उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो । कार्यक्रम संयोजक अजय चौधरीले स्थानीय अधिकार कार्यक्रमले सीमान्तकृत समुदायका महिलाहरूको सशक्तीकरण, अधिकार प्रवर्द्धन तथा आर्थिक उत्थानका लागि निरन्तर कार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले अबका दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राप्त गरेको रकमलाइ सदुपयोग गरे मात्र गरिबिबाट मुक्त हुन र सहज जीवन यापन गर्न कार्यक्रमका बक्ताहरू शिवराज नगरपालिका वडा नं. १० को वडा सदस्य गंगाराम कुर्मी, शिवराज नगरपालिका कृषि विकास शाखा चित्रा पोख्रेलले जोड दिनुभएको थियो ।
कार्यक्रममा १६ जना महिलाहरूलाइ कुल रू. ४,५०,००,०००/– (चार लाख पचास हजार रुपैयाँ) बराबरको आर्थिक सहयोग प्रदान गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको संयुक्त साझेदारीमा शिवराज नगरपालिकाको वडा नं. ४,१० र ११ मा स्थानीय अधिकार कार्यक्रम (Local Rights Programme) संचालनमा रहेको छ ।
उक्त्त कार्यक्रमबाट विपन्न, गरिब, पछाडि पारिएको समुदायका महिलाहरूलाइ पर्यावरणीय कृषि तकारी खेती र साना तथा घरेलु व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ । परियोजना संयोजक अजय चैधरीको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सामाजिक परिचालक अमृता थारूले गर्नुभएको थियो ।








प्रतिक्रिया