१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दलित समुदायको क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम सम्पन्न



कपिलवस्तु ।
मायादेवी मिडिया ग्रुप प्रा.लि.को आयोजनामा तथा बुद्धभूमि नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा दलित समुदायको क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तालिममा वडा नम्बर ४ का ४० जना दलित महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष सुशिल कुमार चौधरीले दलित समुदायका महिलालाई आत्मनिर्भर, सचेत र नेतृत्वदायी बनाउन यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले महिलामा रहेको क्षमता उजागर गर्दै समाजमा सक्रिय सहभागिता बढाउने उद्देश्यले वडा कार्यालयले तालिम सञ्चालनमा सहयोग गरेको उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि समुदायको सशक्तिकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

तालिमको उद्देश्य दलित महिलामा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक बोल्ने कला तथा सामाजिक सहभागिता बढाउनु रहेको आयोजकले जनाएको छ । महिलालाई व्यवहारिक ज्ञान र सीपमार्फत समाजमा सक्रिय र सक्षम बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको हो ।

तालिममा हरि अधिकारी तथा दिपक अनुरागीले उद्घोषण कला, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

सहभागीहरूले तालिमले आत्मविश्वास बढाउन मद्दत पुगेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३ मंगलबार ००:००  ८ : ४० बजे