कपिलवस्तु ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाको १९ औँ नगर सभा अन्तरगत दोश्रो बैठक सम्पन्न भएको छ । सभाले बिनियोजन बिधेयक २०८३ पारित गरेको छ । यस अघि पहिलो बैठकमा पेश गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ८१ करोड ९३ लाख७२ हजार बजेट पारित भएको छ ।
सभामा मेयर अब्दुल कलामले नगरपालिकाको ५ बर्षे कार्यकालको अन्तिम बजेट भएकाले बजेटको पुर्ण रुमा सदुपयोग गर्नु पर्ने बताए । शिक्षा, स्वास्थ्य, कृषि तथा पुर्वाधारलाई प्राथकिमतामा राखेर बजेट निर्माण गरिएको उनले बताए ।
उनले नगरलाई किचडमुक्त बनाउन गाँउ- गाँउमा पक्की सडक तथा पिसिसि ढलान कार्य जारी राखिएको बताए । मेयरकारुपमा आफनो अन्तिम बर्ष रहेकाले आफुले जन भावना अनुसार नै काम गरेको उनले दाबी गरे । सभामाले ११ वटै वडाको बिनियोजित ७० लाख बजेटको कार्यक्रमहरु समेत वडाध्यक्षहरुले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सातौँ तहबाट आठौँ तहमा बढुवा भएका लेखा अधिकृत हिमकान्त आचार्यलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । मेयर कलाको अध्यक्षतामा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी उपमेयर रिता कुमारी चौधरी, वडाध्यक्षहरु लगायतको सहभागीता थियो ।








प्रतिक्रिया