८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

डा. गोविन्द केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ



काठमाडौँ ।
चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशनरत डा। गोविन्द केसीको समर्थनमा डाक्टरले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले शुक्रबार डा। केसीको समर्थनमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरी १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले १७ डाक्टरलाई भ्यानमा हालेर लगेको छ ।

डा। केसी अनशनमा बसेको शुक्रबार २४ औँ दिन हो । १६ औँ पटक अनशनमा रहेका डा। केसीले आफ्ना माग पूरा नभएको बताए पनि संसदको दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको छ । कांग्रेसले पनि डा। केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

पक्राउ पर्नेमा आवासीय डाक्टर्स एसोसिएसनका अध्यक्ष डा। सुमित पाण्डे, डा। विशाल अग्रवाल, डा। अमित शर्मा, डा। हेमन्त बास्तोला, डा। बद्री अर्याल, डा। राजन लामिछाने, डा। सिद्धार्थ भण्डारी, डा। उपमा श्रेष्ठ, डा। कविता मानन्धर, डा। अमिर श्रेष्ठ, डा। आकाश शेर्पाली, डा। आनन्द सिंह, डा। पदम जोशी, डा। समीर चापागाईं, डा। विश्वराज तिम्सिना, डा। अपूर्व आचार्यसहित छन् ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  ८ : ४५ बजे