८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दुई लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ



काठमाडौं ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेबे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले तास र कौडा खेलिरहेको अवस्थामा दुई लाख २० हजार ७०५ रुपैयाँ नगदसहित पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग तीन बुक तास र कौडा बरामद गरिएको वृत्तले जनाएको छ। पक्राउ परेकालाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुरसम्बन्धी अनुसन्धान गरेर मुद्दा चलाउने तयारी भएको प्रसाईले बताए।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ७ : ३८ बजे