२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आग्लो प्रहारबाट हत्या



संखुवासभा ।
खाँदबारी नगरपालिका–६ मा ढोकाको आग्लोले प्रहार गर्दा एक जनाको हत्या भएको छ। मृत्यु हुनेमा सोही वडाका ४७ वर्षीय बमबहादुर न्यौपाने रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति साढे आठ बजे ५० वर्षीय नरबहादुर भण्डारीले आग्लो प्रहार न्यौपानेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। मादक पदार्थ सेवन गरेका न्यौपानेले होहल्ला गर्दै भण्डारीको घरमा ढोका ढकढक्याउँदै आएपछि भण्डारीले आग्लोले प्रहार गरेको प्रहरीको भनाइ छ। न्यौपानेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। भण्डारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पण्डितले जानकारी दिए।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ७ : ४६ बजे