८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै



काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिन शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा जाँदै छन्। उनी बेलुकी सवा ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। आउँदो सोमबार हुने परिषदको उद्घाटन सत्रमा सहभागी हुन मन्त्री ज्ञवाली त्यसतर्फ जान लागेका हुन्।
मंगलबार उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल अहिले राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो। मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५ शनिबार ००:००  ८ : २९ बजे