८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गृहमन्त्री थापा भन्छन्ः सहिदको त्याग र बलिदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको हो



काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादलले सहिदले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय हुने बताएका छन जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सहिदले देखाएको बाटोबाटै अघि बढ्ने बताएका हुन ।
नेकपाका सचिवालयका सदस्यसमेत रहेका गृहमन्त्री थापाले सहिदको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताएका थिए। उनले मुलुकको समृद्धिको लागि सहिदले देखाएको बाटोमा नै अघि बढ्नुपर्ने बताएका हुन।
उनले त्यसका लागि पार्टी नेता र कार्यकर्ता लाग्नुपर्ने पनि तर्क गरेका थिए। उनले सहिदले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने संकल्प गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका थिए।
सहिदका सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख बताउँदै गृहमन्त्री थापाले अब मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि बताए। उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा पनि जोड दिए। गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले र्पुयाएको योगदानको प्रसंसा गरेका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  ८ : ५९ बजे