२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

विमानस्थल भन्छ, ‘अन्तिम पटक पाइलटले बाक्लो हिउँ परेको जानकारी गराएका थिए’



काठमाडौं ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ ।
बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भन्नुभयो, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो ।’
सातवटा शव ल्याउनको लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  ११ : १६ बजे