१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मन्त्री अधिकारको रामघाटमा अन्त्यष्टि, श्रीमती र छोराले दिए दागबत्ती



काठमाडौं ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरू विराज र स्वराज अधिकारीले दागबत्ती दिएका हुन्।

उनको शुकबार साँझ राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। अधिकारीको शव टुँडिखेलको श्रद्धाञ्जलीप्रश्चात शुक्रबार दिउँसो काठमाडौंबाट पोखरा र्पुयाइएको थियो। पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो ।

पोखराको नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा शवयात्रामा हजारौं सर्वसाधारणदेखी नेकपाका नेता कार्यकर्ता सहभागी भएका थिए।  अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  १२ : ३९ बजे