८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र स्थापना



काठमाडौं ।
सर्वोच्च अदालतमा पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन। सर्वोच्च अदालतका महिला कर्मचारीहरूलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरूको अधिकार हनन् हुन नदिने मुख्य उद्देश्यका साथ शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिम्खडा पुडासैनीले जानकारी दिइन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहयोगमा स्थापना गरिएको शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरूको शिशुहरूको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ। कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरूको शिशुहरूको स्याहारका लागि केन्द्रको स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालत परिसर भित्र स्थापना गरिएको शिशु स्याहार केन्द्रमा शिशुहरूका लागि आवश्यक खेलौना र श्रव्य दृष्य साग्रमीको पनि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ६ : ५९ बजे