२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ



पर्सा ।
वीरगञ्जको नयाँ बसपार्कबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको कोलकता शिविपुरका ३० वर्षीय सहनवाद अब्दुल रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले शनिबार बिहान नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा २४ किलो चरेश फेला पारेको हो। उनलाई आवश्यक अनुसन्धनाका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। रासस

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ६ : ५५ बजे