काठमाडौं ।
नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ। महासमिति बैठकमा उठाएका एजेण्डा नेतृत्वले लत्याएपछि उनीहरुले थप रणनीति बनाउन भेला बोलाएका हुन् । भेलाबाट पार्टीको संशोधित विधानमा गरिएको स्वतः महाधिवेशन प्रतिनिधि र आरक्षणको सुविधाबारे पुनर्विचारका लागि पार्टीलाई दबाब दिने असन्तुष्ट जिल्ला सभापतिहरुले तयारी गरेका छन् ।
कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँको संयोजनमा हुन गइरहेको बैठक अहिले केहीबेरमा सुरु हुने कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरशिंह केसीले बताए। भेलामा महासमिति बैठकमा उठेका विषय, सरकारका गतिविधिका तथा मधेसमा हावाहुरीले र्पुयाएको जनधनको क्षतिका बारेमा छलफल गरिने उनले बताए ।
दुईदिने भेलामा पार्टीको संस्थापन पक्षका सभापतिको भने उपस्थिति नहुने बताइएको छ। भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी गर्ने तयारी गरिएको केसीले जानकारी दिए।
२० चैत्र २०७५ बुधबार ००:००
0
Shares










प्रतिक्रिया