२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मनमोहनले थालेका अधुरा काम वर्तमान सरकारले पूरा गर्छः प्रधानमन्त्री ओली



ललितपुर ।
प्रधानमन्त्री केपीशर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री एवम् तत्कालीन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवसरमा शुक्रबार सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्रा्ष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।’ प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुई किसिमका चलखेल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यति बेलै धेरै काम गर्न खोजेको बताउनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  १ : २२ बजे