२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु



कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुँदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन्। मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  २ : ४२ बजे