८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनिता थारु हत्याका आरोपितको स्विकार, करणीमा असहमत भएपछि हत्या गरे !



मायादेवी अनलाइन, वाणगंगा ।
आइतबार राती भएको सुनिता थारुको हत्यामा संलग्न मध्ये एक जनाले हत्या गरेको स्विकार गरेका छन् । प्रहरीले हत्याको आशंकामा तीन जनालाई विहान नियन्त्रणमा लिएपनि दिनभरको सोधपुछमा नविन थारुले आफुले हत्या गरेको स्विकार गरेका छन् । नविन मृतककी श्रीमान सुरेश थारुका साथी भएको बताइएको छ ।

सुनितालाई राती करणीको प्रयास गरेको र नमाने पछि आफुले हत्या गरेको उनले स्विकार गरेका हुन् । करणीको प्रयास गर्दा सुनिताले हिर्काएको कारण आफुले उनको हत्या गरेको उनले स्विकारले प्रहरीले जनाएको छ ।
यद्यपि घटनामा संलग्न भनिएका श्रीमान सुरेशलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । श्रीमानले प्रहरी सामु के भने अझै बाहिर आएको छैन् । प्रहरीले मंगलबार सम्म घटनाबारे सबै कुरा बाहिर ल्याउने तयारी गरिरहेको छ ।
घटनामा सुनिताकी (आमाजु) दिदी लक्ष्मी थारुको पनि संलग्नता रहेको छिमेकीले दाबी गरेका छन् । घरायसी झै–झगडाका कारण सुनिताको हत्या भएको छिमेकीको दाबी छ ।

थप समाचार

वाणगंगामा महिलाको हत्या, थप अनुसन्धान चल्दै

वाणगंगाकी २१ बर्षीय किशोरीको विभत्स हत्या, श्रीमान सहित तीन जना पक्राउ

अपडेटः सुनिता थारु हत्या प्रकरण, स्थलगत रिर्पोटिङ पछि

अनिता पछि डरलाग्दो सुनिता हत्याकाण्ड ! (भिडियो सहित)

 

 

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  ७ : ३८ बजे