६ असार २०८३, शनिबार | Sun Jun 21 2026

दोषी भए देउवालाई पनि कारबाहीः प्रकाशमान सिंह



संखुवासभा ।
नेपाली कांगेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा दोषी रहेका बसैलाई कारबाही हुनुपर्ने बताएका छन् ।
उनले आफ्नो पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवा दोषी देखिए उनलाई पनि कारबाही हुनुपर्नेमा जोड दिए ।नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा बालुवाटारको सरकारी जग्गा बिक्री प्रकरणमा जोडिएका कसैलाई पनि छाड्न नहुने बताए ।
सोमबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि बालुवाटारको जरैदेखि छानबिन हुनुपर्ने र नियतबस दोषी पाइए आफू पनि दण्ड स्वीकार्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  १२ : ४६ बजे