२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अफगानी सुरक्षा फौजको कारबहीमा ५२ तालिवानी लडाकू मारिए



सिन्ह्वा ।
अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीमा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

‘अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्,’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन् ।’ सेनाले शनिबार विहानैदेखि स्थल तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्धारा जारी वक्तव्यमा जनाइएको छ । अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूहरुका बीचमा लामो समयदेखि लडाई चल्दै आएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  २ : ५७ बजे