८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नदीमा हाम फालेकी किशोरी पाँच दिनदेखि बेपत्ता



बैतडी ।
पाँच दिनअघि चौलानी नदीमा हाम फालेकी एक किशोरी अझै बेपत्ता छन्। गत बिहीबार डिलाशैनी गाउँपालिका–६ खरेलगाउँकी १५ वर्षीया आशा नाथ घर नजिकैको चौलानी नदीमा हाम फालेकी थिइन्। बेपत्ता किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। किशोरीको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए। किशोरीले नदीमा हाम फाल्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  १२ : २१ बजे