७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राणा समूहको राप्रपा प्रजातान्त्रिक धरापमा पर्दै, ४० प्रतिशत पुगेन !



काठमाडौं, २ भदौ ।
राप्रपा विभाजन गरेर राप्रपा (प्रजातान्त्रिक) गठन गर्नुभएका पशुपति शम्शेर राणा एक कदम ब्याक भएर सर्वोच्च अदालत पुग्नु भएको छ ।
महाराजगञ्जमा शुक्रबार बसेको राणा समूहको आकस्मिक बैठकपछि प्रमुख शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेर पहिलो दिन सनाखत भएको हस्ताक्षरलाई मान्यता दिन आग्रह गर्दै रिट दायर गरिएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

राणा समूहलाई निर्वाचन आयोगले केन्द्रीय सदस्यहरूलाई पुनः उपस्थित भएर सनाखत गर्न भनेपछि राणा समूह रिसाएको थियो ।

राणा समूहले पार्टी विभाजनका लागि पहिलो दिन आयोगमा दिएको हस्ताक्षरलाई नै सनाखतका लागि मान्यताको माग गरेर सर्वोच्च अदालत पुगेको हो । राणा समूहले सर्वोच्चमा रिट दायर गरेसँगै राप्रपाको विवाद लम्बिने भएको छ ।

कमल थापा समूहले लगाएको आरोपलाई राणा समूहको यो कदमलाई पुष्टि गरेको आरोप पनि लाग्न थालेको छ ।

प्रकाशित मिति : २ भदौ २०७४ शुक्रबार ००:००  ३ : ०७ बजे